तोलमा २ लाख १० हजार नाघ्यो सुनको मूल्य, कति पुग्यो ?

शुक्रबार, २० भदौ २०८२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ हजार ५ सयले बढेर तोलामा २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको छ । 

बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार तोलामा २ हजार ४ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार १० रुपैयाँले बढेर २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार