काठमाडौं- नेपाल प्रहरीले भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै त्यसताका फिल्डमा खटिएका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ।
प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्र पठाउँदै ती घटनामा सर्वाधिक क्षति पुगेका क्षेत्रका प्रहरी इन्चार्जहरूलाई कुनै पनि बेला आयोगमा सोधपुछका लागि उपस्थित हुन बोलाइने सम्भावना भएकाले उपत्यका बाहिर नजान व्यवस्था मिलाउन आदेश दिएको हो।
मुख्यालयका अनुसार आयोगले छानबिन प्रक्रियामा संलग्न अधिकारीहरूलाई आवश्यक परेको खण्डमा तत्काल बयानका लागि बोलाउन सक्ने भएकाले उनीहरूलाई फिलहाल उपत्यकाभित्र नै राख्न निर्देशन गरिएको हो।

प्रतिक्रिया