झापामा हर्क साम्पाङले भने,‘श्रम नै राष्ट्र निर्माणको मुल आधार’

बुधबार, ०९ पुस २०८२
File Photo

विर्तामोड : श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई(साम्पाङ)ले श्रमलाई राष्ट्र निर्माणको मूल आधारका रूपमा स्थापित नगरेसम्म नेपाल समुन्नत बन्न नसक्ने बताएका छन् । 

आज श्रम संस्कृति पार्टी जिल्ला कमिटी झापाको आयोजनामा विर्तामोडमा आयोजित आमसभालाई सम्बोधन गर्दै राईले श्रम संस्कृतिको विकासबिना परिवर्तन सम्भव नहुने स्पष्ट पारे ।

“श्रम गरेर धर्तीलाई फुलाउनुपर्छ । श्रम गर्ने बानीले नै नेपाल बन्छ”, अध्यक्ष राईले भने,“अरूको दोष खोजेर होइन, आफ्नै हातले काम गरेर देश बनाउने संस्कार आवश्यक छ ।”

पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ७७ वटै जिल्लाबाट उम्मेद्वारी दिने तयारी गरेको जनाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार