मधेश आन्दोलनका कारण सङ्घीयता स्थापना भएको दाबी

शनिबार, ०५ माघ २०८१
रौतहट । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेका छन् । सिरहाको लाहानमा रहेको महतो सालिकमा माल्यार्पण गर्न अध्यक्ष यादव शनिवार बिहान त्यहाँ पुगेका हुन् । उनले मधेश आन्दोलनका कारण मधेशमा सङ्घीयता स्थापना भएको दाबी गरेका छन् । मधेश आन्दोलनको क्रममा महतो सहित सङ्घीयता, पहिचान, समावेशीकरण लगायत अधिकार प्राप्तिको लागि आन्दोलनमा आफ्नो बलिदानी दिएको उनले उल्लेख गरेका छन् । माघ ५ गतेका दिन मधेस सरकारले मधेस आन्दोलनको बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ । बलिदानी दिवसको अवसर पारेर मधेस सरकारले शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गर्ने भएको हो । मधेस सरकारले शहीदहरूको परिवारलाई अभिनन्दनका साथै शहीदहरूको सम्मानमा एक लाख बढी दीप बाल्ने कार्यक्रम रहेको मधेस सरकारका गृह सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिए । जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा साँझ दीप बाल्ने उनले बताए । मधेश प्रदेशका जिल्लामा शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम हुने जनाइएको छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार