झापामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर

मंगलबार, २२ माघ २०८१
झापा : झापामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । जिल्लाको कन्काई नगरपालिका ४ मा प्रहरीले दुईजना भारतीय नागरिकलाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको हो । मंगलबार (आज) साँझ कन्काई ४ स्थित तुलसीबारीमा दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न खोजेको थियो । त्यसक्रममा उनीहरू भागेपछि पछ्याउने क्रममा प्रहरीले ६ राउन्ड हवाई फायर गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनास्थल भारतसँगको सीमा क्षेत्रनजिकै पर्छ । प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते भएका छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । प्रहरीले उनका भाइ युसुफ आलमलाई पनि पक्राउ गरेको छ । उनीहरूको साथबाट ३२ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार