मासु पुर्‍याउन गएकी किशोरीमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

सोमबार, २८ माघ २०८१
काठमाडौं । कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र २ नम्बर वडाका १६ वर्षीय किशोर छन् । बर्दगोरिया-२ की ती १३ वर्षीया किशोरीमाथि गत शनिबार बेलुकी उनीहरुले जबरजस्ती करणी गरेको आरोप छ । मासु पकाएर ल्याउन लगाएर ललाइफकाइ जबरजस्ती करणी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनकाअनुसार विकले किशोरीलाई शनिबार बेलुका मासु पकाएर ल्याइदिनू भनेका थिए । पकाएको मासु पुर्‍याउन गएको बेला विक र अर्का किशोरले उनलाई ललाइफकाइ कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ । आइतबार पीडित किशोरीकी दिदीले घटनाबारे प्रहरीलाई खबर गरेकी थिइन् । आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार