बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ५ फायर लाइन स्थित भित्री सडक खण्डमा इभि गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
गयराति साढे १० बजे फायरलाईनबाट रुद्रपुरआउ्ँदै गरेको बागमती प्रदेश ०१००६ ख ७७८२ नं. को इभि गाडी आफै अनियन्त्रीत भई सडक छेउमा रहेको बाँझको रुखमा ठोक्किँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाका अनुसार मृत्यु हनेमा सैनामैना ८ बासगढीका खुम बहादुर आचार्य, सोही ठाउँकै ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बहादुर वि.क. रहेका छन् ।
यस्तै दुर्घटनमा परी रुपन्देही सैनामैना ८ बासगढी का ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र रुपन्देही कन्चन गाउँपालिका ५ पिपलछापाका ३९ वर्षीय अशोक थापा घाइते भएको सूचना अधिकारी सापकोटाले बताए ।
घाइते सबैको बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया