इलामका धनराज राईको घरमै हत्या, छोरा–बुहारीसहित ६ जना पक्राउ

मंगलबार, २९ माघ २०८१
इलाम : इलाममा एक पुरुषको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको घरमै हत्या भएको हो । प्रहरीका अनुसार उनको शव सोमबार उनकै घरको भुइँतल्लाको बीचको कोठामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले टाउकोको अगाडि र पछाडिको भागमा गम्भीर चोट लागेको, कोठामा रगत लागेको अवस्थामा कोदालो, फलामको रड, आग्लोलगायत फेला परेको जानकारी दिए । जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले हत्या गरेको अवस्थामा शव भेटिएको बताए । घटनापछि खोजतलास गर्दा प्रहरीले मृतककै छोरा–बुहारीसहित ६ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मृतककै छोरा २९ वर्षीय एडवड राई तथा एडवडकै पत्नी २६ वर्षीया मालती तामाङ (राई) छन् । उनीहरूसहित छिमेकीहरू २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निशान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राई रहेका छन् । प्रहरीका अनुसार पक्राउ सबैलाई जिल्ला अदालतबाट मंगलबार आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । गत बिहीबार पनि इलाम नगरपालिका–९ का मिलन सुनुवारको आफ्नै साथीबाट हत्या भएको थियो । प्रहरीले पछिल्लो समय अपराधमा संलग्नमाथि थप अनुसन्धानसँगै आपराधिक गतिविधिलाई निरूत्साहन गर्न निगरानी बढाएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार