विराटनगर । झापाको बिर्तामोड घर भएका १ जना युवक विराटनगरबाट पक्राउ परेका छन् । साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको छ ।
भारतको जोगवनीबाट ब्राउन सुगर लिएर आउँदै गर्दा बिर्तामोड नगरपालिका–६ का १८ वर्षीय रोहित राजवंशी पक्राउ परेका हुन् । उनलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट बिहीबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीले बताए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले राजवंशीलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । त्यस क्रममा राजवंशीको साथबाट खैरो हेरोइनजस्तो देखिने वस्तु १४।७८ ग्राम फेला हो । साथबाट लागुऔषध बरामद भएपछि उनलाई पक्राउ गरिएको छ ।
राजवंशीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट शुक्रबार म्याद थप गरेको छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया