इटहरीमा होटलबाट सट्टेबाजी खेल, तीन जना प्रहरीको नियन्त्रणमा

बुधबार, १४ फागुन २०८१
इटहरी : इटहरीमा सट्टेबाजी खेलाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इटहरी ६ सङ्गीत चौकमा रहेको इडिङ्गो होटलमा बसेर विद्युतीय सट्टेबाजी खेलाउने तीन जनालाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएपनि बुधबार मात्रै सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इटहरी २० का ३० वषीैय रञ्जित भनिने राजेन्द्र थापा मगर, इटहरी ४ का ३२ वर्षीय सरोज कार्की र इटहरी ९ का ४१ वर्षीय अमित भनिने किरण श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सट्टाबाजी खेलाइरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उपकरणहरुसमेत चेकजाँच गर्दा सट्टेबाजी खेल खेल्न र खेलाउन रकम जम्मा गर्न र झिक्न प्रयोग हुने एप रहेको उक्त एपमार्फत वान एक्स बेट सट्टेबाजी खेल खेल्न र खेलाउन रकम जम्मा गर्न र झिक्न प्रयोग हुने उपकरण बरामद गरिएको छ । उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यो घटनामा अन्य पनि थप संलग्न रहेकाले फरार प्रतिवादीहरूकोसमेत खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार