स्ववियु : महेन्द्र मोरङ क्याम्पसको निर्वाचन कार्यालयमा नेविसंघको असन्तुष्ट पक्षले गर्‍यो आगजनी

बुधबार, २८ फागुन २०८१
विराटनगर : आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा असन्तुष्ट पक्षले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगजनी गरेको छ । नेपाली कांग्रेस निकट नेविसंघको असन्तुष्ट पक्ष (शेखर कोइराला)ले आगजनी गरेको हो । नेविसंघले प्रज्जवल विष्टको समूहलाई आधिकारिक उम्मेदवार बनाएपछि कोइराला पक्षका विद्यार्थी नेताहरू असन्तुष्ट थिए । नेबिसंघको इतर समूह सरोज पोख्रेल पक्षका गुड्डु साहको नेतृत्वमा एक दर्जन बढी समूहले निर्वाचन सम्बन्धी असन्तुष्टि जनाउँदै आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनी गरेसँगै निर्वाचन संयोजक सुशील अधिकारीलाई कोठामै थुनेका छन् । प्रहरीले उक्त ताला भने फोडेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार