काठमाडौं । साइबर अपराध गरेको आरोपमा ओमानले २० नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । डिपोर्ट गरिएका मध्ये ११ जना नेपाल आइपुगिसकेका छन् । बाँकी नौजना यसै साता नेपाल आउनेछन् ।
साइबर अपराधमा संलग्न रहेको आरोपमा केही महिनाअघि ओमान प्रहरीले एकैदिन २६४ जनालाई पक्राउ गरेको थियो । जसमा २० जना नेपाली रहेका ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।
अपराध पुष्टि भएपछि उनीहरूमध्ये दुईजनालाई ६ महिना कैद र ६०० रियाल जरिवाना गरिएको थियो । १८ जनालाई ६ महिना कैद र ३०० रियाल जरिवाना गर्ने फैसला स्थानीय अदालतले गरेको थियो ।
अदालतको फैसाला अनुसार उनीहरूले ६ महिना कैद सजाय भुक्तान गरेपछि नेपाल डिपोर्ट गरिएको हो । डिपोर्टमा परेका २० नेपालीमा एक महिला छिन् ।
“सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए । अहिले यस्तो ठगी निकै बढेको छ । यस्ता प्रलोभनमा नपर्न दूतावासले सबैलाई अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया