रोयल रिसोर्टका सञ्चालक कार्कीको हृदयाघातका कारण निधन

सोमबार, ११ चैत्र २०८१
इटहरी : सुनसरीको इटहरी निवासी होटेल व्यवसायी अमृत कार्कीको ५७ वर्षको उमेरमा हृदयाघातका कारण आइतबार राति निधन भएको छ । २०२४ सालमा उदयपुरको कटारीमा जन्मिएका कार्कीले इटहरीमै २ दशक अघि देखि रोयल रिसोर्ट होटेल समेत सञ्चालन गर्दै आएका थिए । १ छोरा र १ छोरी रहेका कार्कीको पार्थिव शरीरलाई आज बिहानभर घरमै राखेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । कार्कीको शवलाई आजै इटहरी स्थित मुक्ति घाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार