आगोले घर जल्यो, ७ लाखको क्षति

बुधबार, १३ चैत्र २०८१
विराटनगर : मोरङको केराबारीमा मंगलबार साँझ आगलागी हुँदा एउटा घर जलेर ध्वस्त भएको छ । आगलागीमा ७ लाख बराबरको क्षति भएको छ । प्रहरीका अनुसार केराबारी गाउँपालिका–९ का रामबहादुर गुरुङको इँटाको गाह्रो र टिनको छानो भएको १ तले घरमा आगलागी भएको हो । खोले पकाउने क्रममा अचानक आगलागी भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार विभिन्न स्थानबाट पुगेका दमकल र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगोले घरसहित घरभित्र रहेका काठपात, लत्ताकपडा, अन्नपातलगायतका सबै सामान जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा मानवीय तथा चौपाया क्षति भने भएन । आगलागीमा ७ लाख मूल्य बराबरको क्षति भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार