पाँचथर : व्यक्ति हत्या आरोपमा किटानी जाहेरी परेपछि फरार भएका पाँचथर हिलिहाङ ७ का ७२ वर्षीय लक्ष्मीप्रसाद योङया एघार वर्षपछि पक्राउ परेका छन् ।
उनले स्थानीय वीरवहादुर योङयालाई कुटपिट पछि हत्या गरेको भन्दै मृतककी पत्नी फिपरानी लिम्बूले २०७० साल मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा किटानी जाहेरी दिएकी थिइन ।
जाहेरीमा लक्ष्मीप्रसादले वीरबहादुरलाई २०७० साल मङ्सिर २८ गते बिहान ८ बजे कुटपिट पछि हत्या गरेको उल्लेख छ ।
हत्या भएको ११ वर्षपछि उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बिनालाल साह (तेली)नेतृत्वको टोलीले पक्राउ गरी पाँचथर जिल्ला अदालतमा बुझाएर ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।
उनलाई सदरमुकाम फिदिमबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक बिनालाल तेलीका अनुसार घटना भएको समयमा मृतक वीरबहादुर ५० र हत्या आरोपी लक्ष्मीप्रसाद ६१ वर्षका थिए ।
हाल लक्ष्मी ७२ वर्ष पुगेका छन् ।
प्रतिक्रिया