इलाम : इलाममा ससुराको बन्चरो प्रहारबाट ज्वाइँ गम्भीर घाइते भएका छन् । इलाम नगरपालिका–१२, साङरुम्बाका स्थानीय ८८ वर्षे अम्बरसिंह लिम्बूको प्रहारबाट ५० वर्षे कृष्ण जबेगू घाइते भएका हुन् ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कृष्ण लामो समययता ससुरालीमै बस्दै आएको डिएसपी मानबहादुर राईले बताए । बन्चराको पासोले अचेत भएका उनलाई इलाममा उपचार सम्भव नभएपछि झापा रेफर गरिएको छ ।
बन्चरो प्रहार गर्ने ससुरा स्थानीय अम्बरसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी झगडा भएपछि अम्बरसिंहले कृष्णलाई हतियार प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
प्रतिक्रिया