इटहरी : सुनसरीको कोशी गाउँपालिका ७ बाट अपहरणमा परेकी बालिकाको प्रहरीले उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले कोशी प्रदेश प्रहरीको अनुसन्धान टोलीसँगको समन्वयमा बालिकाको उद्धारका साथै अपहरण गर्ने जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) लाई पक्राउ गरिएको छ ।
कार्यालयका डिएसपी योगराज खतिवडाले पक्राउ पर्ने व्यक्ति सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका वडा नं. १२ धरमपुर घर रहेको जनाए ।
हिजो चैत्र २० गते दिउँसोको समयमा मुसहरी टोलबाट चार वर्षकी बालिका अपहरणमा परेकी थिइन् ।
घर अगाडी खेल्ने क्रममा जितुवा भन्ने जितेन्द्रले सिटी सफारीमा चढाई अपहरण गरी लगेको सिसिटिभी फुटेजमा देखिएको थियो ।
जसअनुसार प्रहरीले खोजतलास गर्दा चैत्र २१ गते (आज) सुनसरीको कोशी गाउँपालिका वडा नं। ८ कोशी ब्यारेजको २६ नं ढोकाको पुलमाथिबाट बालिका सहित जितेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया