लुम्बिनी प्रदेशको राजधानी रातारात बुटवलबाट दाङ पुग्यो

मंगलबार, २० मंसिर २०७९
बिभिन्न बिवादका बित अन्तत लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सर्ने भएको छ । रातारात छापामा शैलीमा मन्त्रालयहरु दाङ सारिएको हो । स्थायी पूर्वाधार बनाएर मात्र राजधानी सार्नु पर्ने मागहरुका बिच नै मन्त्रालयहरू दाङ सारिएको हो । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा पुर्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरू रातारात दाङ पुर्याइएको हो । सामान निकालिएपछि बुटवलस्थित मुख्यमन्त्रीको अस्थायी मुकाम बन्द गरिएको छ । लुम्बिनी प्रदेशसभाको दुई तिहाइ बहुमतले २०७७ साल असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा घोषणा गरिसकेको भए पनि देउखुरीमा संरचनाको अभावका कारण दुई वर्षसम्म राजधानी स्थानान्तरण हुन सकेको थिएन । यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनाइ मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो । गृहमन्त्री बालकृष्ण खाणले त जबरजस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर लयाउने चेतावनी समेत दिएका थिए । यता नेकपा एमाले रुपन्देहीले पनि संरचना तयार नहुँदै मन्त्रालय नसार्न आग्रह गरेका थिए । पर्यटन ग्रामीण तथा सहरी विकास र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय यसअघि नै स्थानान्तरण भइसकेका छन् ।मंसिरभित्रै बाकी सबै मन्त्रालय देउखुरीमा स्थानान्तरण गरिसक्ने प्रदेश सरकारको तयारी छ । अब आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रण कार्यालय एकसाताभित्रै बुटवलबाट देउखुरी स्थानान्तरण गरिने तयारी गरिएको छ ।यता एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र कसी र कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाणले विज्ञप्ति नै निकालेर प्रदेश सार्ने काम तत्कालै रोक्न माग गरेका छन् । विज्ञप्ति जारी गर्दै एमालेका रुपन्देही अध्यक्ष केसीले राजधानी सार्ने काम तत्काल रोकेर नयाँ बन्ने सरकारले मात्र उक्त काम गर्नुपर्ने उल्लेख गरेका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार