इटहरी । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा घरमै सुतिरहेका ७२ वर्षीय मीनबहादुर कुमालको हत्या भएको छ।
शनिबार राति करिब १२ बजे दुई अपरिचित व्यक्तिले कुमालमाथि आक्रमण गरेका थिए। घाँटी थिचेर गम्भीर घाइते बनाइएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, तर अस्पताल पुगेपछि डाक्टरले मृत घोषणा गरे।
कुमालले चिच्याएपछि उनकी पत्नी सुनमाया बाहिर निस्किएर आक्रमण देखेकी थिइन्। उनले छिमेकीलाई बोलाए पनि आक्रमणकारीहरू भागिसकेका थिए।
हत्यापछि फरार भएका दुई व्यक्तिको खोजी भइरहेको छ। हत्या किन भयो भन्ने कुरा खुलेको छैन। घटनाको अनुसन्धान प्रहरी टोलीले थालेको छ।
मृतक कुमालका दुई छोराहरू विदेशमा रहेका छन्।
प्रतिक्रिया