पोखरा । पोखरामा वडाध्यक्षले महानगरपालिकाका कर्मचारीमाथि कुटपिट गरेका छन् ।
वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोखरेललाई कुटपिट गरेका हुन् ।
महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै वडाध्यक्षले कुटपिट गरेका हुन् ।
पोखरेलमाथि कुटपिट भएको विरोधमा महानगरका कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले महानगरको काम ठप्प पारेका हुन् ।
प्रतिक्रिया