दोहोरो अंकले घट्यो सेयर बजार, १० अर्बको कारोबार

आइतबार, २८ बैशाख २०८२

काठमाडौं : आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से ११.५३ अंले घटेर परिसूचक २६५० बिन्दुमा कायम भएको छ ।

आज २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर खरिद बिक्री हुँदा १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य ७.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ६६ करोड १० लाख ७० हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ६१ हजार ८७१ कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार