रोशी खोलाले अवरुद्ध गराएको बिपी राजमार्ग खुलाउने प्रयास जारी

मंगलबार, ३० बैशाख २०८२

रामेछाप । वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी रहेको छ । 


सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पु¥याएको छ । सोमबार राती सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । 


सडक खुलाउनको लागि सडक डिभिजन कार्यालयको डोजरले काम गरिरहेको छ । बाढीले काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा क्षति पु¥याएको सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी विन्दु अधिकारीले जानकारी दिइन् । 
हिजो राति सडकमा क्षति भएपछि आफू क्षति भएको स्थानमा जाँदै गरेको कार्यालयका प्रमुख सुमन योगेशले बताए ।  


स्थानीय राज मैनालीका अनुसार बाढीले सडक उकास्न बाँकी रहेको रोशी खोला क्षेत्रमा क्षति पुर्याएको छ । ‘उकास्न बाँकी भई खोलामा डाइभर्सन बनाएको क्षेत्रमा क्षति गरेको छ, क्षति भएको ठाउँमा सडक निर्माणको काम भइरहेको छ, दिउँसो २ बजेसम्म सडक खुल्ला’, उनले भने । 


असोज महिनामा आएको बाढीले बिपी राजमार्गको रोशी खोला क्षेत्रमा ठुलो क्षति पुगेको थियो । सो क्षेत्रमा अस्थायी सडक निर्माण गरी यातायात सञ्चालन गरिएकोमा हिजो आएको बाढीले सडकमा क्षति पु¥याएको हो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार