कोशीमा पाँच वटा विधेयक प्रमाणीकरण

विहीबार, २९ फागुन २०८१
विराटनगर : कोशी प्रदेशमा पाँच वटा विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले विभिन्न पाँच वटा विधेयक प्रमाणीकरण गरेका हुन् । कोशी प्रदेश सभाबाट पारित भएर आएका विधेयक खापुङले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बिहीबार प्रमाणीकरण गरेका हुन् । प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक, २०८१, प्रदेश बीउबिजनसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०८१, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१ प्रमाणीकरण गरेका हुन् । यसैगरी प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ र कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार