धरान : दोस्रो पानवारी गोल्डकप फुटबल प्रतियोगिता ०८२ साल वैशाख १२ देखि १९ गतेसम्म आयोजना हुने भएको छ।
पानवारी फुटबल क्लबको आयोजना र पानवारी सामुदायिक वन उपभोक्ता समूह धरानको सह–आयोजनामा हुने प्रतियोगितामा ८ टिम सहभागी हुने आयोजक बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
क्लबका अध्यक्ष कृष्णकुमार राई (भूपाल)का अनुसार प्रतियोगितामा राष्ट्रिय टिम सहभागी हुनेछ । धरान ६ स्थित बाजिपाक फुटबल ग्राउन्डमा प्रतियोगिता आयोजना हुने उनले बताए ।
उनका अुनसार विजेता टिमले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ प्रदान गरिनेछ । यसैगरी उपविजेता टिमले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँमा चित्त बुझाउनेछ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक, म्यान अफ दि म्याच हुने खेलाडीले जनही नगद सात हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
उक्त प्रतियोगिता दोस्रोपटक आयोजना गर्न लागिएको हो । पहिलो प्रतियोगितामा धनकुटा फुटबल क्लबलाई पराजित गर्दै केएफसी मोरङले उपाधि चुमेको थियो ।
प्रतिक्रिया