आइपिएल: पञ्जाबको तेस्रो जीत

आइतबार, ०३ बैशाख २०८०
इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सले प्रतियोगितामा तेस्रो जीत निकालेको छ। शनिबार राति भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्टसलाई २ विकेटले पराजित गर्दै पाँचौँ खेलमा तेस्रो जित निकाल्यो। लखनउको भने यो दोस्रो हार हो। हारका बाबजुत लखनउ तेस्रो स्थानमा रहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य ३ बल बाँकी हुँदा ८ विकेट गुमाएर पुरा गर्न पञ्जाब सफल रह्यो। पहिलो ब्याटिङ गरेको पञ्जाबका लागि केएल राहुलले ७४ रनको इनिङ खेले पनि अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। क्याली मयर्सले २९ रन बनाउँदा कुर्नाल पाण्ड्याले १८ रन बनाएका थिए। त्यस्तै, मार्कुस स्टोइनिसले १५ रन बनाए। पञ्जाबका लागि साम कुरानले ३ विकेट लिएका थिए। त्यस्तै, कागेसो रबडाले २ विकेट लिएका थिए। १६० रनको लक्ष्य पछ्याएको पञ्जाब खराब ओपनिङका बाबजुत सम्हालिएको थियो। उसका लागि सिकन्दर रजाले ५७ रनको इनिङ खेल्दा म्याथ्यु सर्टले ३४ तथा सारुख खानले २३ रनको अविजित इनिङ खेलेका थिए। त्यस्तै, हर्पित सिंहले २२ रन बनाए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार