सुनसरीबाट दुईसय ५७ किलो गाँजा बरामद

शनिबार, २२ कार्तिक २०८२

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका ५ स्थित भित्री सडक खण्डबाट लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । 

प्रहरीका अनुसार बागमती प्रदेश–०१–०२७च ०२४० नम्बरको सेतो स्कार्पियोमा लागू औषध ओसारपसार भइरहेको भन्ने जानकारीपछि प्रहरीले पछ्याएको थियो। प्रहरीलाई देखेपछि चालक स्कार्पियो छाडेर फरार भएको बताइएको छ।

प्रहरीले उक्त स्कार्पियोको चेकजाँच गर्दा भित्र कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ११ पोका गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो। बरामद गाँजाको तौल २५७.४५ केजी (दुई सय सत्तावन्न किलोग्राम ४५० ग्राम) रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा र स्कार्पियो सवारीसहित इलाका प्रहरी कार्यालय दुहवीमा राखी थप अनुसन्धान भइरहेको र फरार चालकको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार