मोरङ : गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखीय सुधार आएको बताए ।
उनले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वासको मत लिन जानु नपरेको बताए । उनले याे सरकारको पहिलो उद्देश्य राजनीतिक स्थिरता रहेकाे बताए ।
संविधान र व्यवस्था विरोधी गतिविधि कुनै पनि हिसाबमा स्वीकार्य नहुने उनले बताए । नीतिगत भ्रष्टाचार रोक्न आएको अख्तियार विद्येयक मिलेमतोमा अड्किएको छ नि भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री लेखकले भने, ‘त्यसमा छलफल भइरहेको छ । संसदमा भएका सबै विद्येयकलाई छलफलबाट टुंगोमा पुर्याउँछाैँ ।'
उनले कसैले कसैसँग फोटो खिचेको भरमा सरकार तलमाथि नहुने बताए । 'फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसँग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पूरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन । यो गठनबन्धन कांग्रेस एमालेको बीचको सहमतिअनुसार पूरा अवधि सरकार टिक्छ ।'
प्रतिक्रिया