इटहरी : लियो क्लब अफ इटहरी सिटीले आफ्ना सदस्य लियो अरुण कटुवालको जन्मदिन इटहरीस्थित 'भ्वाइस अफ चिल्ड्रेन' मा मनाएको छ ।
“मिठास बाँड्दै, मुस्कान साट्दै” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा बालबालिकासँग समय बिताउने, उनीहरूको जीवन कथा सुन्ने र मिठाइ वितरण गर्ने गतिविधिहरू समावेश गरिएका थिए।
सो अवसरमा आयोजना गरिएको ‘आशाको आवाज’ कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लियो अमर दिप पौडेलले गरेका थिए।
कार्यक्रमको क्रममा लियो जेनिस ढकालले युवाहरूको सामाजिक उत्तरदायित्व प्रति प्रतिबद्धता र सकारात्मक सोचको खुलेर प्रशंसा गरे।
क्लब अध्यक्ष अमर दिप पौडेलले जन्मदिनलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राख्दै आफुहरु केक काट्ने परम्पराको विपक्षमा रहेको बताएका थिए ।
अतिथिका रूपमा लियो क्लब अफ इटहरी स्मार्ट सिटीका अध्यक्ष लियो जेनिस ढकाल, भ्वाइस अफ चिल्ड्रेनका संयोजक भरत थापा, प्रोजेक्ट अफिसर लिला भुजेल, पाहुना क्याफेका सञ्चालक बिमला कटुवाल र लियो क्लब अफ सोसियल अप्टिमाइजरका अध्यक्ष लियो प्रभास पोखरेलले उपस्थिति जनाएका थिए।
कार्यक्रममा लियो आयुष ढुंगेल, आर्यन कटुवाल, सुष्मा बस्नेत, निसा पौडेल, सागर श्रेष्ठ, गगन चम्लागाईं, कृष पौडेल, सन्देश खड्का, दिपज्योती पौडेल, अभिषेक काफ्ले लगायत भ्वाइस अफ चिल्ड्रेनका प्रतिनिधिहरूको पनि सक्रिय उपस्थिति थियो। कार्यक्रमको प्रायोजन पाहुना क्याफेले गरेको थियो।
कार्यक्रमको सञ्चालन तथा सहजिकरण क्लबका सचिव लियो चुडामणि पौडेलले गरेका थिए। क्लबले यस्ता सामाजिक गतिविधिहरू मार्फत युवामा सेवाभाव जागृत गराउने र समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ।
प्रतिक्रिया