इनरुवामा नाला विषयमा विवाद हुँदा कुटपिट, १ जना घाइते

आइतबार, ०४ जेठ २०८२

विराटनगर : सुनसरीको इनरुवामा नालाको विषयमा विवाद भएर कुटपिट हुँदा १ जना घाइते भएका छन् । 

कुटपिटबाट इनरुवा नगरपालिका–३ का ४० वर्षीय कपिलदेव यादव घाइते भएका छन् । यादवमाथि स्थानीय पृतम अटल, किरण निरौला र विनोद भनिने व्यक्तिसहित ३ जनाको समूहले शनिवार राति १०ः३० बजेतिर कुटपिट गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । 

उनका अनुसार कुटपिटबाट यादवको टाउको, अनुहार, हात, कम्मर र दुवै खुट्टामा चोट लागेको छ । मध्यम अवस्थाका घाइतेलाई जिल्ला अस्पताल इनरुवाबाट थप उपचारका लागि विराटनगरको विराट नर्सिङ रेफर गरिएको छ । 

कुटपिटमा संलग्नहरू फरार भएका छन् । विशेष टोली परिचालन गरेर उनीहरूको खोजी तीव्र पारिएको र घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी खतिवडाले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार