२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

आइतबार, ०४ जेठ २०८२

अछाम : अछाममा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा चौरपाटी गाउँपालिका-१ बस्ने २६ वर्षीय डबलबहादुर थापा रहेका छन् । उनलाई प्रहरीले शनिबार बेलुकी पक्राउ गरेको हो । 

थापाले ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैबीच, दाङमा ७ वर्षीया बालिकालाई जर्जस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टा बस्ने ७५  वर्षीय गिरीराज बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बुढाथोकीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार