तम्घासमा मोटरसाइकल दुर्घटना हुँदा सभ इन्जिनियरको मृत्यु

सोमबार, ०५ जेठ २०८२

गुल्मी : गुल्मीको तम्घासमा मोटरसाइकल दुर्घटना हुँदा सभ इन्जिनियर निशान चौधरीको मृत्यु भएको छ । 

रेसुङ्गा नगरपालिका वडा नम्बर–५ सिमाघाटबाट तम्घास आउँदै गरेको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक दाङको गडवा गाउँपालिका–३ का २६ वर्षीय निशान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । 

उनी इन्द्र एमके जेभीमा सब इन्जिनियरको रूपमा कार्यरत थिए । उनी आइतबार साँझ धुर्कोटबाट तम्घास आउँदै थिए । 

प्रहरीका अनुसार मोटरसाइकल नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको हो । सडकको नालीमा मोटरसाइकलले च्यापेको देखेपछि स्थानीयले सोमबार बिहान प्रहरीलाई खबर गरेका थिए । 

स्थानीयका अनुसार आइतबार राति १० बजे आसपासमा घटना घटेको हुनसक्ने घटनास्थलबाट स्थानीय बासुदेव पोखेरलले जानकारी दिए । सोमबार बिहान ७:२० बजेको समयमा मोटरसाइकल दुर्घटना भएको स्थानीयले देखेपछि मात्रै प्रहरीले खबर पाएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार