‘एसइई’मा परीक्षा शान्तिपूर्ण रूपमा जारी, ४८ कैदी बन्दी पनि सहभागी

विहीबार, ०७ चैत्र २०८१
काठमाडौँ । नेपालको विद्यालय शिक्षा परीक्षा ‘एसइई’मा शान्तिपूर्ण रूपमा जारी रहेको छ । देशैभरका २०७९ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण रूपमा जारी रहेको हो । बिहान ८ः०० बजे देखी सुरु भएको परीक्षा ११ः०० बजे सकिनेछ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ भने आजै संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि भइरहेको छ । केन्द्रका अनुसार यो वर्ष विभिन्न बाल सुधार गृह र कारागारबाट ४८ जनाले एसइई परीक्षा दिन लागेका छन्। जसअनुसार भक्तपुरको सानो ठिमीमा रहेको बाल सुधार गृहबाट २७ जना, सुनधारास्थित केन्द्रीय कारागारबाट १९ जना, दैलेखको बाल सुधार गृहबाट ६ जना तथा धुलिखेल र दाङबाट १–१ जना गरी ४८ जनाले थुनाबाट परीक्षा दिँदै छन्। परीक्षा बोर्डका अनुसार यो पटक मनाङमा जम्मा ४६ जनाले मात्रै एसइई परीक्षा दिँदै छन् भने सबैभन्दा बढी काठमाडौँबाट ३९ हजार बढीले परीक्षा दिइरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार