२० लाख रुपैयाँभन्दा बढी हुण्डी रकमसहित एक युवक काठमाडौंबाट पक्राउ

आइतबार, ०४ जेठ २०८२

काठमाडौं : काठमाडौंको जुद्धसालिक क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२४ निवासी सञ्जय बस्नेत हुन्, जो हाल काठमाडौं-३२ पेप्सीकोलामा बस्दै आएका थिए।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार, बस्नेतलाई आइतबार दिउँसो पौने २ बजे नियन्त्रणमा लिइएको हो। उनको साथबाट स्रोत खुल्न नसकेको २० लाख २९ हजार ६२० रुपैयाँ बरामद गरिएको छ।

प्रहरीले उक्त रकम हुण्डी कारोबारमा प्रयोग हुने आशंकामा बरामद गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार