वडाध्यक्षहरूले मेयर बालेन साहको समिति संयोजक जिम्मेवारी अस्वीकार गरे

आइतबार, ०४ जेठ २०८२
फाइल तस्बिर

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विभिन्न विषयगत समितिहरूको संयोजकको रूपमा तीन वडाध्यक्षलाई जिम्मेवारी दिएकोमा उनीहरूले उक्त जिम्मेवारी लिन अस्वीकार गरेका छन्।

वडाध्यक्षहरू दलबहादुर कार्की (वडा नं.३०), वीरेन्द्र प्रजापति (वडा नं. ५) र विनोद राज भण्डारी (वडा नं. २४) ले मेयर साहलाई संयुक्त निवेदन पेश गर्दै कार्यपालिकाको बैठकबाट अनुमोदन नभएसम्म समितिको संयोजकको हैसियतमा काम गर्नु उपयुक्त नहुने बताएका छन्।

कार्कीलाई सुशासन समिति, प्रजापतिलाई सूचना प्रविधि समिति र भण्डारीलाई सम्पदा तथा पर्यटन समितिको संयोजकको जिम्मेवारी दिइएको थियो। तर उनीहरूले महानगर कार्यपालिकाको बैठकबाट औपचारिक निर्णय नगरी व्यक्तिगत रूपमा दिइएको जिम्मेवारी कार्य प्रणालीअनुसार नभएको भन्दै अस्वीकार गरेका हुन्।

वडाध्यक्षहरूको यो निर्णयले काठमाडौं महानगरपालिकाभित्रको प्रशासनिक समन्वयमा चुनौती थपिएको देखिएको छ। यसले कार्यपालिका र वडाध्यक्षहरूबीच भूमिकाको स्पष्टता र निर्णय प्रक्रियामा संस्थागत पारदर्शिताको मागलाई उजागर गरेको विश्लेषकहरूको टिप्पणी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार