बाख्रा चराउँदै गर्दा लडेर वृद्धको मृत्यु

बुधबार, ०६ चैत्र २०८१
सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ। घर नजिकैको जंगलमा बाख्रा चराउने क्रममा मंगलबार उनी लडेर घाइते भएका थिए। घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार