सुनसरी : बराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रूपमा निर्माण गरिएका तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउन एक महिनाको समयसीमा तोकेको छ। नगरपालिका कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित जग्गाधनी, व्यापारी तथा स्थानीयलाई संरचना स्वयं हटाउन आग्रह गरेको हो।
नगरका विभिन्न क्षेत्रमा सटर, गोदाम, अस्थायी पसल तथा पर्खाललगायतका संरचनाहरू सार्वजनिक बाटो, नाली तथा चोकहरूमा अनधिकृत रूपमा बनाइएका छन्। ती संरचनाहरूले नगरको सौन्दर्यता बिगार्नुका साथै जनसाधारणको आवागमनमा समेत बाधा पुर्याएको नगरपालिकाको तर्क छ।
"हामीले एक महिनाको अल्टिमेटम दिएका छौँ। यस अवधिमा स्वेच्छाले संरचना हटाइएमा थप कारबाही हुँदैन। तर, तोकिएको समयभित्र हटाइएन भने नगरपालिकाले आफू हटाउनेछ नगर भनाइ छ।
सूचनामा भनिएको छ,
सडक क्षेत्रभित्र कुहिने, न कुहिने, शिक्षा तथा फलफूलजन्य वस्तुहरू अलग छुट्याएर फोहोर व्यवस्थापन गर्नुपर्नेछ ।
साथै, जनतालाई सडकमा चौपाया नछोड्न र अलपत्र अवस्थामा छाडिएको सवारी साधन हटाउन पनि नगरले निर्देशन दिएको छ । यसबाहेक, विद्युत, इन्टरनेट र केबलजस्ता सेवा प्रदायकहरूलाई सडक क्षेत्रमा सेवा विस्तार गर्नुअघि नगरको स्वीकृति अनिवार्य बनाइएको छ ।
यदि सडक क्षेत्रमा पसल सञ्चालन गर्नुपर्ने भए तोकिएको स्थान र नियमअनुसार मात्र अनुमति दिइने नगरका नि.प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र यादवद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
नियमको उल्लंघन गरेमा कानुनी कारबाही हुने नगरपालिकाले स्पष्ट पारेको छ । सूचना प्रकाशन भएको मितिबाट एक महिनाभित्र सम्बन्धित कार्यहरू नगरेमा जरिवाना तथा कारबाही हुने नगरले चेतावनी दिएको छ ।
प्रतिक्रिया