काठमाडौं : म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।
सोही ठाउँ बस्ने १५ वर्षीय नीरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव जेठ ५ गते दिउसो साढे १२ बजे करिब १५ फिट गहिराइबाट निकालेको हो ।
डिएसपी शैलेन्द्र थापाका अनुसार उनको खोजी कार्यको लागि नं. २४ कालिका गण कास्कीबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो ।
प्रतिक्रिया