काठमाडौं : नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम उच्च अदालत वीरगञ्जबाट सफाइ पाएपछि कारागारबाट मुक्त भएका छन्।
बुधबार उच्च अदालत वीरगञ्जको इजलासले आलमलाई दोषमुक्त गर्ने निर्णय सुनाएपछि उनी कारागारबाट छुटेका हुन्। अदालतको निर्णयको आधिकारिक पत्र नख्खुस्थित कारागारमा पुगेसँगै उनलाई रिहा गरिएको हो।
यसअघि जिल्ला अदालत रौतहटले उनलाई मानव हत्या, ज्यान मार्ने उद्योग र आपराधिक समूह सञ्चालनको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर उच्च अदालत वीरगञ्जले जिल्ला अदालतको सो फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो।
पूर्वसांसद आलम ललितपुरको नख्खु कारागारमा थुनामा रहेका थिए।
प्रतिक्रिया