एसीसी प्रिमियर कप : मलेसियाको सामना गर्दै नेपाल

मंगलबार, ०५ बैशाख २०८०
काठमाडौँ । नेपालमा आजबाट एसीसी प्रिमियर कप सुरु हुँदैछ । आज उद्घाटनको दिन दुई खेल हुने भएका छन् । घरेलु टोली नेपालले एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियासँग खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदान सुरुहुनेछ । १० टोली सहभागी प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछ । उपाधिको प्रमुख दाबेदार नेपाल तुलनात्मक रुपमा कमजोर मलेसियालाई हराउँदै सानदार विजयी सुरुवात गर्न चाहन्छ । मलेसिया पनि उत्कृष्ट प्रदर्शन चाहन्छ । मुलपानी मैदानमा अर्काे खेल हङकङ र सिंगापुरबीच खेल हुँदैछ । यो खेल मुलपानी मैदानमा आयोजना हुने पहिलो अन्तराष्ट्रिय खेल पनि हो । प्रतियोगिता समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार