प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित

शुक्रबार, २३ जेठ २०८२

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेन । सभामुख देवराज घिमिरेले आज पनि बैठक बस्न सक्ने अवस्था नबनेपछि आइतबार अपराह्न १ बजेसम्मका लागि स्थगित गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

आज संसद्को अवरोध खुलाउने प्रयास भए पनि सफल हुन सकेन ।आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूसँग छलफल गरेका थिए भने उनले काँग्रेसका नेताहरूसँग पनि छलफल गरेका थिए ।

 माओवादी केन्द्रले संसद्मा गृहमन्त्रीलाई बोल्न दिने र भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गरेर यो विषयको 'सेफ ल्यान्डिङ' खोजेको दाबी गरिएको छ । तर सत्ता पक्ष भने हाल भिजिट भिसा प्रकरणको अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन आवश्यक नरहेको अडानमा रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार