भारतमा कोरोनाका सक्रिय केस ५ हजार नाघ्यो

शुक्रबार, २३ जेठ २०८२

काठमाडौँ । भारतमा कोरोनाका सक्रिय केसहरूको सङ्ख्या ५ हजार नाघेको छ ।स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार, भारतमा कुल ५ हजार ३६४ सक्रिय केसहरू पुष्टि भएका छन् ।यी मध्ये धेरैजसो केसहरू केरलामा पुष्टि भएका छन् । 

केरलापछि, गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा सबैभन्दा धेरै केसहरू रिपोर्ट गरिएका छन् । केरलामा कोरोनाका १६७९ सक्रिय केसहरू छन् भने गुजरातमा ६१५, पश्चिम बङ्गालमा ५९६ र दिल्लीमा ५९२ रहेका छन् ।

मन्त्रालयका अनुसार, यस वर्ष हालसम्म भारतमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार