काठमाडौं : पाकिस्तानमा अहमदिया मुस्लिम समुदायलाई इद–उल–अजहामा कुर्बानी गर्न र हज गर्न प्रतिबन्ध लगाइएको छ। मुस्लिम धर्मावलम्बीहरूले मुहम्मदलाई अन्तिम पैगम्बर मानेका छन् भने अहमदियाहरू मिर्जा गुलाम अहमदलाई पैगम्बर मान्दछन्, जसका कारण पाकिस्तानमा उनीहरूलाई गैर-मुस्लिम घोषित गरिएको छ।
यसै कारण, पाकिस्तानमा अहमदिया अनुयायीहरूलाई हजका लागि आवेदन दिँदा मिर्जा गुलाम अहमदलाई झूटा अगमवक्ता भनी स्वीकार गर्न बाध्य पारिन्छ, जुन उनीहरू अस्वीकार गर्छन्। परिणामस्वरूप, साउदी सरकारले पनि उनीहरूलाई हज गर्न नदिने गरेको छ।
पाकिस्तानमा अहमदिया भनिए मात्रमा मुस्लिम धर्मको अपमान गरेको भन्दै तीन वर्षसम्मको जेल सजायको कानुनी व्यवस्था छ। यस्तै, उनीहरूको मतदाता सूची पनि मुस्लिम नभई अल्पसंख्यकका रूपमा राखिएको छ। विश्वभर फैलिएका करीब २ करोड अहमदिया अनुयायीमध्ये धेरै पाकिस्तानमै छन्, तर त्यहाँ उनीहरू लामो समयदेखि धार्मिक दमनको सामना गरिरहेका छन्।
प्रतिक्रिया