भारतीय क्रिकेटर रिंकु र सांसद प्रियाको इन्गेजमेन्ट आज हुँदै

आइतबार, २५ जेठ २०८२

काठमाडौँ । भारतीय क्रिकेटर रिंकु सिंहले समाजवादी पार्टीकी युवा सांसद प्रिया सरोजसँग वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।दुवैको इन्गेजमेन्ट आज लखनउमा हुने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । 

त्यस्तै वैवाहिक कार्यक्रम भने नोभेम्बर १८, २०२५ मा वाराणसीको होटल ताजमा हुने बताइएको छ ।इन्गेजमेन्टमा कैयौँ राजनीतिक सिनेमा र क्रिकेट जगतका विशिष्ट व्यक्तिहरु सहभागी हुने बताइएको छ ।

रिंकु सिंहको जन्म १२ अक्टोबर १९९७ मा अलीगढको एक धेरै साधारण परिवारमा भएको थियो । उनका बुबा खानचन्द्र ग्यास एजेन्सीमा सिलिन्डर वितरकको रूपमा काम गर्थे । उनले सुरुमा आफ्नो बुबालाई सिलिन्डर वितरणको काममा आफैँले सहयोग गरे र गरिबीसँग लड्दै क्रिकेट मैदानमा आफ्नो स्थान बनाए ।सबैभन्दा पहिले, उनले डीपीएस मैदानमा आयोजित अन्तर्राष्ट्रिय विद्यालय विश्वकपमा म्यान अफ द सिरिजको उपाधि जितेर हेडलाइन बनाएका थिए । त्यसपछि आइपिएल मार्फत उनले चर्चा कमाएका थिए । कोलकोतामा २०२३ को आइपिएलमा उत्कृष्ट प्रदर्शन पछि उनी भारतीय राष्ट्रिय टिम परेका थिए । 

उनी हाल भारतीय राष्ट्रिय टिमको अन्तर्राष्ट्रिय टी-२० क्रिकेट टोलीका सदस्य हुन् । आइपिएलको यस सिजनका लागि कोलकोताले रिंकुलाई १३ करोड भारुमा रिटेन गरेको थियो ।रिंकुलाई पहिलो पटक २०१७ मा किंग्स इलेवन पञ्जाबले १० लाख भारुमा किनेको थियो तर, उनले त्यो प्रतियोगितामा खेल्ने मौका पाएनन् ।

 २०१८ मा, कोलकाता नाइट राइडर्सले उनलाई ८० लाख भारुमा आफ्नो टोलीमा समावेश गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार