काठमाडौँ र पोखराबाट जुवातास खेलिरहेका १४ जना पक्राउ

आइतबार, २५ जेठ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा सञ्चालन गरेको खुसी किचेन रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक डम्बर समेत ९ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रुपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका-५ प्रस्याङस्थित साथीभाइ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ सराङकोट बस्ने ३४ वर्षीय महेश तिम्सिना समेत ५ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार २ सय ७५ र तास ३ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार