भारतमा कोरोनाबाट थप ६ जनाको मृत्यु, सक्रिय केस ६ हजार नाघ्यो

आइतबार, २५ जेठ २०८२

काठमाडौँ । भारतमा कोरोना सङ्क्रमण बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हाल कोरोना सङ्क्रमणको सक्रिय केसहरूको सङ्ख्या ६ हजार नाघेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा छ जना कोरोना सङ्क्रमितको पनि मृत्यु भएको छ । केरला अझै पनि सबैभन्दा बढी प्रभावित राज्य बनेको छ । केरलामा कोरोनाका कुल १९५० केसहरू छन् । 

यसपछि गुजरातमा ८२२, दिल्लीमा ६८६, महाराष्ट्रमा ५९५, कर्नाटकमा ३६६, उत्तर प्रदेशमा २१९, तमिलनाडुमा १९४, राजस्थानमा १३२ र हरियाणामा १०२ जना कोरोनाका केसहरू फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा मृत्युको कुरा गर्दा, केरलामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु भयो भने कर्नाटकमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भयो । यसबाहेक, तमिलनाडुमा ४२ वर्षीय पुरुष कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, भारतको सक्रिय कोभिड केसहरू पछिल्लो ४८ घण्टामा ७६९ नयाँ सङ्क्रमणसँगै ६ हजार १३३ सक्रिय करोना सङ्क्रमित पुगेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार