एसीसी प्रिमियर कपमा आज दुई खेल

विहीबार, ०७ बैशाख २०८०
काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर कपमा आज दुई खेल हुँदैछन् । समूह ए अन्तगर्त मूलपानी मैदानमा मलेसिया र साउदी अरेबिया भिड्दैछन् । यो खेल बिहान पौने ९ बजेदेखि सुरु हुनेछ । साउदीले जारी प्रतियोगिताको पहिलो खेल खेल्न लागेको हो । आफ्नो पहिलो खेलमा घरेलु टोली नेपालसँग ६ विकेटले हारेको मलेसिया उत्कृष्ट पुनरागमन गर्ने लक्ष्यमा रहनेछ । यस्तै समूह बी अन्तगर्त बहराइन र सिंगापुर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आमनेसामने हुनेछन् । यी दुईबीच पछिल्लो पटक ५० ओभरको फम्यार्टमा सन् २०१४ मा भेट भएको थियो । जसमा सिंगापुरले ८ विकेटले जितेको थियो । जारी प्रतियोगितामा सिंगापुर आफ्नो पहिलो खेलमा हङकङसँग ८ विकेटले हारेको थियो । प्रतियोगितामा १० टिम सहभागी छन् । फाइनल खेल १८ गते हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार