काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले सिजनमा तेस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा बेंगलोरले पञ्जाबलाई २४ रनले पराजित गर्दै अङ्क तालिकाको पाँचौं स्थानमा उक्लियो।
पहिले ब्याटिङ गरेको बेंगलोरले पञ्जाब समक्ष १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा पञ्जाब १८.२ ओभरमा १५० रनमा समेटिन पुगेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो।
उसका लागि यसै खेलबाट कप्तानको भुमिका पाएका विराट कोहली र फाफ डुप्लेससले पहिलो विकेटका लागि १३७ रनको सानदार साझेदारी गर्दा दुबैले अर्धशतकीय इनिङ खेले।
इन्जुरीका कारण ब्याटिङका लागि मात्रै क्रिजमा आएका डु प्लेसिसले ५६ बलमा ८४ रन बनाउदा कोहलीले ४७ बलमा ५९ रन बनाए। डुप्लेसिसको इन्जुरीका कारण कप्तानको जिम्मेवारीमा कोहली फर्किएका हुन।
उत्कृष्ट सुरुवात गरेपनि पछिल्लो ओभरमा धिमा गतिमा रन बनाएपछि विशाल स्कोरको अवसरबाट बेंगलोर बञ्चित भएको थियो। यद्यपि बेंगलोरको जितमा मोहम्मद सिराजको प्रदर्शन उत्कृष्ट रह्यो। उनले करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ४ ओभरमा २१ रन खर्चिएर पञ्जाबको महत्वपूर्ण ४ विकेट लिएका थिए।
पञ्जाबका लागि प्रवसिम्रन सींहले ४६ रन बनाउँदा जितेश शर्माले ४१ रन बनाएका थिए। यी दुई बाहेक अन्यको प्रदर्शन भने गतिलो रहेन।
सिराजको ४ विकेट सँगै वानिन्दु हसरङ्गा डि सिल्भाले २ विकेट लिंदा वाइन पर्नेल र हर्सल पटेलले समान १(१ विकेट लिएका थिए। जितपछि बेंगलोरको ६ खेलबाट ६ अङ्क भएको छ। पराजित पञ्जाबको पनि समान ६ अङ्क रहेको छ।
प्रतिक्रिया