राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन शपथ

बुधबार, ११ भदौ २०८२

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले शपथ ग्रहण गरेकी छन् ।

बुधवार सभामुख देवराज घिमिरेद्वारा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । सपथ ग्रहणमा गृहमन्त्री, कानून न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, रक्षा मन्त्री, विपक्षी दलका नेता, संसदीय दलका नेता, मुख्य सचेतक, समितिका सभापतिहरू लगायत सबैको उपस्थिति रहेको थियो ।

समिति सभापतिका लागि अरू कसैको उम्मेदवारी नपरेका कारण नेपाली काङ्ग्रेसकी सांसद न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार