गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

विहीबार, १२ भदौ २०८२

नवलपुर (नवलपरासी)  : गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ । 

राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो । 

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार भरतपुर महानगरपालिका–२८ अन्द्रौलीस्थित राप्ति नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार