काठमाडौं : जेनजी पुस्ताको आन्दोलन नियन्त्रणबाहिर गएपछि उपत्यकास्थित सुरक्षास्थितिमा असामान्य अवस्था सिर्जना भएको छ। प्रहरी वृत्त र पोष्टहरूमा आगजनी सुरु भएपछि प्रहरीहरू हतियार छाडेर सादा पोशाकमा बाहिरिएका छन्।
स्रोतका अनुसार उपत्यकाका १४ वटै प्रहरी वृत्त खाली गर्दै त्यहाँ राखिएका थुनुवाहरूलाई छाडिएको छ। हतियार सुरक्षित गर्न नसक्दा प्रहरीले जिम्मेवारी त्यागेर सादा पोशाकमा बाहिरिनु परेको हो।
आन्दोलन तीव्र बन्दै गएसँगै सुरक्षा निकाय आन्तरिक समन्वयमा जुटेको बताइए पनि राजधानीमा कानून–व्यवस्था नियन्त्रणभन्दा बाहिर गइरहेको देखिएको छ।
प्रतिक्रिया